२७ बैशाख २०८२ , शनिबार

सेनेटरी प्याड बनाउने तालिमले आत्मनिर्भर बन्न सहयोग पुग्नेमा जोड

News
२७ बैशाख, काठमाण्डौँ ।

सेनेटरी प्याड बनाउने तालिमले आत्मनिर्भर बन्न सहयोग पुग्नेमा जोड दिइएको छ।

लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठको संयोजनमा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग र स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा नेपालगन्जमा गरिएको तीन दिने तालिमको शनिबार समापन कार्यक्रममा बोल्ने सहभागीहरूले यस्तो कुरामा जोड दिएका हुन्।

कार्यक्रममा सांसद श्रेष्ठले नेपालगन्जका विभिन्न स्थानमा बसोबास गर्ने ३१ जना महिलाहरूलाई छनोट गरी सेनेटरी प्याड बनाउने तालिमका बारेमा सीप प्रदान गरी आत्मनिर्भर बनाउन तालिम गरिएको बताइन्। उनले यस तालिमपछि महिलाहरूले प्याड बनाउन सिकेकाले यो घरायासी प्रयोजन मात्र नभइ व्यापारीक प्रयोजनका लागि पनि उपयोगी हुने धारणा राखिन्।

यसैगरी, स्वास्थ्य कार्यालय बाँकेका निमिक्त कार्यालय प्रमपुख नरेशबाबु श्रेष्ठले यो तालिम मुस्लिम समुदायका महिलाहरूका लागि मात्र नभई सबै महिलाहरूका लागि उपयोगी हुने बताए। कार्यक्रमममा तालिममा सहभागी साजिया इद्रिशीले तालिम लिएपछि अब घरमै बसेर सेनेटरी प्याड बनाउन सकिने सीप विकास भएको बताइन्।

यस्तै अर्का सहभागी रुबी बानोले हामिले सेनेटरी प्याडको प्रयोग गर्दा बातावरण पनि स्वच्छ हुनुका साथै प्रजनन स्वास्थ्यमा पनि सहयोग पुग्ने धारणा राखिन्। तालिमका सहभागीहरूले आगमी दिनमा पनि यस्ता उपयोगी सीपमूलक तालिमको आवश्यकता महसुस गरेका छन्।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य,स्वास्थ्य कार्या महाशाखा प्रमुख रामबहादुर चन्द, तालिमका प्रशिक्षक पुष्पा चन्द ,अधिकारकर्मी रचना श्रेष्ठ लय बाँकेका देवनारायण उपाध्यय, स्वास्थ्य कार्यालय बाँकेका पब्लिक हेल्थ नर्श बिष्णु श्रेष्ठ र नेपालगन्ज उपमहानगरपालिकाका सिनीयर अनमी निर्मला खनाललगायतको सहभागिता रहेको थियो।

तालिमको सहजीकरण गर्नुभएका पुष्पा शर्माले १७ वर्षदेखि ३६ वर्ष उमेर समूहका महिलाहरूले सेनेटरी प्याड बनाउन सिकेको बताइन्। उनका अनुसार एउटा प्याड कम्तिमा चार महिला सम्मप्रयोग गर्न सकिन्छ। एक मिटर कपडाबाट चार वटा प्याड बनाउन सकिने पनि उनले बताइन्।