१३ बैशाख २०८२ , शनिबार

मुनाफामा ग्लोबल आइएमई बैंकको छलाङ, खराब कर्जाले चुनौती थप्दै

News
८ बैशाख, काठमाण्डौँ ।

ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ अर्ब ५३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.१२ प्रतिशतले बढी हो । गत वर्ष बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी भने ५.४६ प्रतिशतले घटेको छ । गत वर्ष १३ अर्ब २ करोड रुपैयाँ खुद ब्याज आम्दानी रहेकोमा यो वर्ष १२ अर्ब ३१ करोड रुपैयाँ मात्र रहेको छ । तर, सञ्चालन मुनाफा भने ३४.४१ प्रतिशतले बढेर ६ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । गत वर्ष सञ्चालन मुनाफा ४ अर्ब ७१ करोड रुपैयाँ थियो ।

बैंकको प्रति शेयर नेट्वर्थ १७३.४७ रुपैयाँ रहेको छ भने प्रति शेयर आम्दानी १२.२० रुपैयाँबाट बढेर १५.८६ रुपैयाँ पुगेको छ । बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकले ५ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यद्यपि, बैंकको खराब कर्जा भने बढेको छ । बैंकको खराब कर्जा ४.९८ प्रतिशत पुगेको छ, जुन गत वर्ष ४.७४ प्रतिशत थियो ।