१३ बैशाख २०८२ , शनिबार

हिमालयन बैंकको नाफा ५० करोड, अघिल्लो वर्षको तुलनामा ७४.३३% ले घट्यो

News
७ बैशाख, काठमाण्डौँ ।

हालै सार्वजनिक भएको तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदन अनुसार, हिमालयन बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रु. ५० करोड खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७४.३३ प्रतिशतले घटेको हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकले रु. १ अर्ब ९४ करोड खुद नाफा कमाएको थियो।

समिक्षा अवधिमा बैंकले रु. ७ अर्ब ७५ करोड बराबरको खुद ब्याज आम्दानी गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको रु. ८ अर्ब ४३ करोडको तुलनामा ८.०८ प्रतिशतले कम हो।

यद्यपि सकारात्मक पक्ष के भने, बैंकको सञ्चालन नाफा भने ८.३१ प्रतिशतले वृद्धि भई रु. ३ अर्ब ८१ करोड पुगेको छ।

तर अर्कोतर्फ, बैंकको गैर-सञ्चालक कर्जा (NPL) ४.९६ प्रतिशतबाट बढेर ७.६८ प्रतिशत पुगेको छ, जुन चिन्ताजनक पक्ष हो।

हाल बैंकको वितरण योग्य नाफा रु. ७ अर्ब ३६ करोड नकारात्मकमा रहेको छ।

बैंकको हालको चुक्ता पूँजी रु. २१ अर्ब ६५ करोड रहेको छ भने सञ्चित कोष रु. २२ अर्ब ८३ करोड पुगेको छ।