१३ बैशाख २०८२ , शनिबार

एनआईसी एशिया बैंकको नाफामा भारी गिरावट

News
८ बैशाख, काठमाण्डौँ ।

एनआईसी एशिया बैंकको नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा भारी मात्रामा घटेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खुद नाफा ९१.८१ प्रतिशतले घटेर १५ करोड ६७ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ९१ करोड ४८ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको तथा खराब कर्जा बढेका कारण नाफामा गिरावट आएको हो । खुद ब्याज आम्दानी २.७६ प्रतिशतले घटेर ७ अर्ब ९६ करोड २५ लाख १९ हजार रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा ६४.४० प्रतिशतले घटेर १ अर्ब २९ करोड ५ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५६ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

चैत मसान्तसम्ममा बैंकको खराब कर्जा ०.१६ प्रतिशतले बढेर १.९२ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ३० पैसा रहेको छ भने इक्विटीमा प्रतिफल (ROE) ०.७१ प्रतिशत छ ।