नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ९.९६ अङ्कले घटेको छ। नेप्से परिसूचक ०.३६ प्रतिशतले घटेर दुई हजार छ सय ८८ दशमलव ३२ को विन्दुमा पुगेको छ।
आज ३१९ कम्पनीको दुई करोड २५ लाख ५५ हजार ७१३ कित्ता शेयर ७१ हजार ६९४ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ३२ करोड १२ लाख ८२ हजार १८८ बराबरको कारोबार भएको छ। आज होटल तथा पर्यटन समूह ०.७९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.१८ प्रतिशत र अन्य समूह २.२१ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।
नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रु ४४ अर्ब ६० करोड ३७ लाख ९४६ बराबरको शेयर खरिदबिक्री भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी सुलभ इन्टेष्टमेन्ट फन्ड–२ को १८ लाख १७ हजार १७५ कित्ता शेयर किनबेच भएको छ।