१३ बैशाख २०८२ , शनिबार

नेपाल राष्ट्र बैंकले नेपाली नम्बर मात्र भएको नयाँ ५ रुपैयाँको नोट प्रचलनमा ल्याउने

News
२ बैशाख, काठमाण्डौँ ।

नेपाल राष्ट्र बैंकले वैशाख २ गते, २०८२ देखि नयाँ ५ रुपैयाँको नोट प्रचलनमा ल्याउने भएको छ । नोटमा सगरमाथाको चित्र, लालीगुराँसको पानी छाप, तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर र नोटको शृङ्खला नम्बर नेपालीमा लेखिएको छ ।

नोटको पृष्ठ भागमा "नेपाल राष्ट्र बैंक", वन्य याक र हुम्ला जिल्लाको लिमी क्षेत्रको हिमालको चित्र, "RUPEES FIVE" र नोटको शृङ्खला नम्बर अंग्रेजीमा लेखिएको छ ।

बैंकले यो पनि घोषणा गरेको छ कि यसअघि २०७७ साल मंसिर १० गतेदेखि चलनचल्तीमा ल्याइएको ५ रुपैयाँको नोटको सङ्केत नं. ३४०००००१ देखि ५९९९९९९९ सम्मका नोटहरूमध्ये ३४०००००१ देखि ५४५६०००० सम्मका नोटहरू मात्र चलनचल्तीमा ल्याइएका छन् ।

बैंकले सबैलाई नोट राष्ट्रको सम्पत्ति भएकोले यसको जतन गर्न आग्रह गरेको छ ।