२७ बैशाख २०८२ , शनिबार

विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका पदाधिकारीले लिए शपथ, प्रधानमन्त्रीको उपस्थिति

News
२७ बैशाख, काठमाण्डौँ ।

विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित एक समारोहमा पदाधिकारीहरूले शपथ ग्रहण गरेका हुन्।

शपथ लिनेहरूमा विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्की, कुलपति प्रा. डा. रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा. डम्बरध्वज चेम्जोङ रहेका छन्। नयाँ कानुनी व्यवस्था अनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुङ्गेललाई र कुलपति ढुङ्गेलले रजिष्ट्रार चेम्जोङलाई शपथ गराएका थिए।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्ले लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।