२७ बैशाख २०८२ , शनिबार

उपत्यकाका नदीनालालाई स्वच्छ बनाउन सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री सिंह

News
२७ बैशाख, काठमाण्डौँ ।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका नदीनालालाई स्वच्छ बनाउन सरकार क्रियाशील रहेको बताएका छन्। उनले बाग्मती, विष्णुमति, रुद्रमतिलगायतका नदीनालालाई स्वच्छ बनाउन पहिलो प्राथमिकता ढल मिसाउन रोक्ने रहेको बताए।

बानेश्वर हाइट खानेपानी उपभोक्ता समितिले आज आयोजना गरेको 'डिप बोरिङ' पानी शुद्धीकरण उद्घाटन कार्यक्रममा बोल्दै उनले नदीनालामा ढल मिसाउन नदिने आफ्नो प्रयास जारी रहने बताए। उपप्रधानमन्त्री सिंहले वाग्मतीलाई स्वच्छ बनाउन सहरी विकास मन्त्रालयले प्राविधिकसहित जनशक्ति परिचालन गरेको जानकारी दिँदै देशका विभिन्न भागमा सञ्चालित खानेपानी आयोजनाहरू समयमै सम्पन्न गर्न नागरिक स्तरबाट पनि अनुगमन हुनुपर्नेमा जोड दिए।