२७ बैशाख २०८२ , शनिबार

मनाङमा बेवारिसे शव फेला, पहिचानको लागि प्रहरीको आह्वान

News
२७ बैशाख, काठमाण्डौँ ।

मनाङको नासो गाउँपालिका-७, गोवास्थित जंगलमा एक बेवारिसे शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार, अन्दाजी ५५/५६ वर्षका मिङमार छिम्बे लामा नाम गरेका पुरुषको शव जंगलको गोरेटो बाटोबाट करिब १० मिटर तल भिरमा मृत अवस्थामा फेला परेको हो।

प्रहरीले शवलाई पोस्टमार्टम तथा पहिचानका लागि प्रादेशिक अस्पताल मनाङको शवगृहमा राखेको छ। मृतकको वास्तविक नाम, थर, वतन, परिवार तथा आफन्तहरूको पहिचान हुन नसकेकाले प्रहरीले हुलिया र फोटो विवरण सार्वजनिक गर्दै मृतकका परिवार वा आफन्त कोही भएमा कार्यालयको सम्पर्क नम्बर ९८५६०४९३१८ मा सम्पर्क गर्न अनुरोध गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।