तुलसीपुर उपमहानगरपालिका-१८, धरमपुर एक्कासीमा रहेको कृत्रिम जलाशयमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार, शनिबार पौडी खेल्ने क्रममा भूपेन्द्र विश्वकर्माको मृत्यु भएको हो।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-९, सिस्नेरी स्थायी घर भएका १६ वर्षीय विश्वकर्मा रहेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार, तुलसीपुरमा बसोवास गर्दै आएका विश्वकर्मा साथीहरूसँग अम्बाखोली सामुदायिक वनको हाताभित्र निर्माण भएको कृत्रिम तालमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।
मृतकको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको प्रहरीले जनाएको छ।