जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं. ३ असैरना बस्ने २१ वर्षीय दुर्गेश यादव र शुद्धोधन गाउँपालिका वडा नं. ४ बस्ने २५ वर्षीय अनिल कुमार कहारलाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूले आफ्नो फेसबुक एकाउन्टमा हातहतियार प्रदर्शन गरेको फोटो तथा भिडियो अपलोड गरी स्थानीय समाजमा डर त्रास फैलाएको भन्ने सूचनाको आधारमा प्रहरी चौकी लवनी कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई घरबाटै नियन्त्रणमा लिएको हो।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट सार्वजनिक शान्ति विरुद्धको कसूरमा ७ दिनको म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।