२६ मंसिर २०८२ , शुक्रबार

बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति गोंगबुबाट पक्राउ

News
२५ मंसिर, काठमाण्डौँ ।

वैदेशिक रोजगारीका लागि बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी लामो समयसम्म झुक्यानमा राखेको र विदेश नपठाई सम्पर्कविहीन भएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

पीडितको जाहेरीपछि खोजीमा खटिएको प्रहरी टोलीले ती व्यक्तिलाई काठमाडौंको टोखा नगरपालिका वडा नं. ९ गोंगबुबाट पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यले जानकारी दिए ।