आजकल धेरै देशहरूमा मानिसहरू किराको अण्डा खाएर पातलो भइरहेका छन्। यसलाई टेपवर्म डाइट भनिन्छ। यो डाइट खतरनाक छ र ज्यान लिने खतरा हुनसक्छ।
टेपवर्म डाइटमा मानिसहरू तौल घटाउनको लागि कीराको अण्डालाई औषधिको रूपमा खान्छन्। यी कीराहरू पेटभित्र खाना खान्छन्, जसले गर्दा शरीर कमजोर हुन्छ र विभिन्न स्वास्थ्य समस्याहरू देखा पर्छन्। पेटमा कीराहरू १० मिटरसम्म लामो हुन सक्छन् र शरीरको कुनै पनि भागमा पुग्न सक्छन्।
यो डाइट बेलायतकी महारानी क्वीन भिक्टोरियाको समयमा धेरै लोकप्रिय थियो। त्यस समयमा महिलाहरू सुन्दर देखिनको लागि यो डाइट अपनाउँथे। तर, यो डाइट लिने धेरै महिलाहरूले स्वास्थ्य समस्याहरूको सामना गर्नुपर्यो र कतिपयको त मृत्युसमेत भयो। त्यसपछि धेरै ठाउँमा यो पिल्सलाई प्रतिबन्ध लगाइयो। तर अचम्मको कुरा के छ भने अहिले पनि केही मानिसहरूले यस्ता औषधिको सेवन गरिरहेका छन्।