आजदेखि विश्व खोप सप्ताह सुरु भएको छ। आजै ‘अन्तर्राष्ट्रिय बालिका आईसीटी दिवस’ पनि परेको छ । खोप सप्ताह र अन्तर्राष्ट्रिय बालिका आईसीटी दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष अप्रिल २२ मा आयोजना हुने गरेको छ ।
विश्व खोप सप्ताहको उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रवद्र्धन गर्नु हो। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका कारण १५ करोड ४० लाख जीवन जोगिएको छ। शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान पुगेको तथा बचाइएका जीवनको ६० प्रतिशत हिस्सा दादुरा खोपले ओगटेको छ। ‘सबैका लागि खोप मानव रूपमा सम्भव छ’ भन्ने नाराका साथ यो वर्ष खोप सप्ताह मनाइँदैछ ।
सूचना प्रविधिको क्षेत्रमा केटीहरुलाई पनि समान रुपमा अवसर दिनुपर्ने जोड दिँदै समावेशी डिजिटल रूपान्तरणका लागि सूचना प्रविधिमा केटीहरू शीर्षकमा आज किर्गिस्तान र इस्लामिक गणतन्त्र मोरिटानियामा डिजिटल विकास र नवीन प्रविधिबारे छलफल गरिने छ ।
यसैगरी, अन्तरराष्ट्रिय बहुपक्षीयता र शान्तिका लागि कूटनीति दिवस पनि आजै परेको छ । यो दिवस सन् २०१८ देखि मनाउन थालिएको हो ।