बुटवल उपमहानगरपालिका-११, बुद्धनगरमा आज बिहान एक महिलामाथि गोली प्रहार भएको छ। प्रहरीका अनुसार बिहान करिब साढे ९ बजे टिका विष्ट क्षेत्रीलाई गोली हानिएको हो।
गोली प्रहारबाट घाइते भएकी क्षेत्रीको ढाडमा गोली लागेको छ र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले उनको अवस्था गम्भीर रहेको जनाएको छ।
पाल्पा घर भएकी क्षेत्री बुटवलमा बस्दै आएकी थिइन्। घटनाको कारण र संलग्न व्यक्तिहरूको बारेमा अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।