कमल गाउँपालिका–३ रतुवामाई जङ्गलमा विद्युत प्रवाह चुहावट (करेन्ट) हुँदा जङ्गली हात्तीको मृत्यु भएको छ।
डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार गए राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलमै मृत्यु भएको हो। करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेका अवस्थामा भेटिएको उनले जानकारी दिए। डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए।