बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४, बाले गाउँमा एक बेवारिसे शव फेला परेको छ।
आज बिहान करिब ६:२० बजे बाले गाउँदेखि हिरमुनिया जाने सडकखण्डको उत्तरतर्फ अन्दाजी ४०/४५ वर्षकी महिलाको शव घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, प्रारम्भिक अनुसन्धान सम्पन्न गरी शव परीक्षणका लागि भेरी अस्पतालको शवगृहमा राखिएको छ। तर, हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन।
प्रहरीले शवको हुलिया सार्वजनिक गर्दै महिलालाई चिन्ने व्यक्तिले जिल्ला प्रहरी कार्यालय बाँकेमा सम्पर्क राख्न अनुरोध गरेको छ। शवको पहिचान नखुलेका कारण घटनाबारे थप अनुसन्धान गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।