जाजरकोट जिल्लाको पैँक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर दुई दिनमा दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प २०८२ वैशाख १ गते राति ९ बजेर ३१ मिनेटमा ४.१ म्याग्निच्युडको गएको हो ।
त्यस्तै, दोस्रो भूकम्प वैशाख २ गते बिहान ४ बजेर ५३ मिनेटमा ४.४ म्याग्निच्युडको गएको केन्द्रले जनाएको छ।
लगातार दुई दिनमा गएका यी भूकम्पका कारण हालसम्म कुनै मानवीय वा भौतिक क्षति भएको विवरण प्राप्त नभएको स्थानीय प्रशासनले जनाएको छ।