१३ बैशाख २०८२ , शनिबार

रोल्पामा कुकुरलाई निर्दयी तरिकाले मारेको आरोपमा दुई जना पक्राउ

News
८ बैशाख, काठमाण्डौँ ।

रोल्पामा कुकुरलाई रुखमा झुण्ड्याई निर्दयी व्यवहार गरी मारेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। लुङ्ग्री गाँउपालिका-७ हार्जङ क्वाछिवाङमा भएको उक्त घटनामा संलग्न भएको आरोपमा सोही ठाउँका २० वर्षीय सुन्दर परियार र १८ वर्षीय डम्मर पुनलाई पक्राउ गरिएको हो।

उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा अपलोड भएपछि प्रहरीले अनुसन्धान थालेको थियो। रोल्पा जिल्ला अदालतबाट पशुपक्षी सम्बन्धी कसूरमा उनीहरूलाई ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।