अनायासै आज फेरि एकचोटि तिमीलाई सम्झिएँ। तिमीले त मलाई छाडेर गएको पनि वर्षौँ भयो । कहाँ गयौ होला? स्वर्ग मा गयौं होला कि नर्कमा ? यस्तो सूचना सञ्चारको जमाना छ । तर , आजसम्म तिम्रो केही, कुनै सूचना आएको छैन ।
सुरु सुरुमा त पल पल हरेक सेकेन्ड सेकेन्ड सम्झिन्थिए तिमीलाई । तर , हिजोआज त बेला बेला मात्रै सम्झन्छु । सम्झना पनि थाक्दो रहेछ । कुम्भकर्ण जस्तै छ महिनासम्म पनि निदाउँदो रहेछ । तिमी फर्किएर आउछौ होला भन्ने त अब आस पनि लाग्न छाडेको छ ।
माया गर्छु भनी मरी हत्ते गर्ने मान्छे किन यसरी बेपत्ता भएको होला ? थाहा पाएर हो कि थाहा नपाएर जो बेपत्ता हुनुको कारण भन्न पनि भन्दै भनेनौ र अनायासै गयौ । मान्छेको मन बिग्रिए पछि कसको के लाग्दो रहेछ र ? तर , तिम्रो मन् किन बिग्रियो होला?
अचेल किन किन कसैको जोडी हात समाएर हिँडेको देख्दा पनि त्यो मेरै आफ्नै जोडी भइदिए हुन्थियो, जो मलाई आदेश भनी बोलाएको होस् । किनभने, धेरै वर्षभन्दा बढी भयो होला , मैले तिम्रो आवाज सुनेको छैन, छैन तिमीले झैँ आदेश भनेर कसैले मलाई बोलाएको अनि छैन सधैं झैँ मेरो मोबाइलमा तिम्रो नाम भएको नंबरदेखि फोन आएको, छैन तिम्रो नंबर देखि मलाई मेसेज आएको ।
केही दिनदेखि फेरि तिम्रो सार्है अत्यार लागेको छ । फेरि तिमी आइदिए पनि मेरो भोको मन अघाउने थियो जस्तो लागिरहेछ । दिनहुँ जस्तै मोबाइल मा हेरी रहेको हुन्छ, फेरि कतै देखि तिम्रो नामको फोन आउँछ कि भनेर, परदेखि कोही नौलो मान्छे अल्मालिदै आउँदै गरेको हेर्दै गरेको हुन्छु । लाग्छ, त्यो मान्छे पनि म जस्तै प्रेमिका विहिन टुहुरो भई बाँचेकाहरु मध्येको एक हो ।
कहिले काही हिँड्दा हिँड्दै तिमी जस्तै देखिने कोही नजिक आए भने, तिम्रो नाम भनी बोलाउन मन लाग्छ । तिमी नहुँदा पनि छैनौं भन्ने बिर्सिन्छु कहिले त । तर , मनमा भने खसखस लागिरहन्छ । उ मेरी आफ्नै प्रेमिका थिई । उसले मलाई चिनिनन् । मैले मात्रै एकहोरो चिनिरह्या उसलाई ।