३१ भाद्र २०८२ , मंगलवार

८४ मा के हुने वाला छ?

News
अग्र आवाज (बर्दिया)

----------------------------
१ के जनताहरू मासुभात खान छोड्नेछन् ?
२. तिनले मदिरा र
तिनका गाडीले डिजेल/पेट्रोल लिन मान्ने छैनन् ?
३.फ्रिमा बाँडेको साडी कसले बहिस्कार गर्दौ रहेछ ?
४.पैसाको बिटो पाए नलिने को निस्किँदो रहेछ ?
५.भाषण र आश्वासन कसलाई चाहिएको होइन ?
६.झोला दिएपछि नबोक्ने को निस्किन्छ ?
७.के यी नेताहरू सबै सकिन्छन् ?
के हुने वाला छ ८४ मा ?
केही हुँदैन ।
२०१५ मा जे भयो
२०४८ मा जे भयो
२०५१ मा जे भयो
२०५६मा जे भयो
२०६४ मा जे भयो
२०७०मा जे भयो
२०७४ मा जे भयो
२०७९मा जे भयो
२०८४ मा पनि त्यही हुन्छ।
बरु डर लाग्छ
२००७ पछि कोशी गण्डक
२०४७ पछि टनकपुर महाकाली
२०६२/६३ पछि बिप्पा र MCC
हरेक परिवर्तन र चुनाव बरु विदेशीका
कुनै नयाँ एजेन्डा बोकेर आउँछन्।
देशका हितमा माखो मर्दैन।
२०८४ मा केही हुँदैन।