प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्त गर्नुभएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गौरीकुमारी यादवलाई दिइएको छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रामजी यादव नियुक्त हुनुभएको छ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य हुन्।
नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ आजै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष हुने कार्यक्रम तय गरिएको छ।