राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि नवनिर्वाचित सांसदहरूलाई उहाँले पहिलो पटक औपचारिक सम्बोधन गर्नुभएको हो।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा बोल्दै राष्ट्रपति पौडेलले नयाँ जनप्रतिनिधिहरूको कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। उहाँले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन सांसदहरूको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुभएको छ।
नवनिर्वाचित सांसदहरूलाई जिम्मेवारीपूर्ण ढङ्गले जनताको अपेक्षा पूरा गर्दै अघि बढ्न उहाँले आग्रह गर्नुभएको छ।