३ बैशाख २०८३ , बिहीबार

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

News
१ बैशाख, काठमाण्डौँ ।

आजदेखि विक्रम संवत् २०८३ को औपचारिक सुरुआत भएको छ। वैशाख १ गते अर्थात् वर्षको पहिलो दिन देशभर हर्षोल्लासका साथ नयाँ वर्ष मनाइँदैछ। यस अवसरमा मानिसहरूले एकआपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ ऊर्जा र उत्साहका साथ वर्षको स्वागत गरेका छन्।

नयाँ वर्षलाई नयाँ सुरुआत, नयाँ आशा र नयाँ उमङ्गको प्रतीकका रूपमा लिने गरिन्छ। आजकै दिन सूर्यले मीन राशिको यात्रा समाप्त गरी मेष राशिमा प्रवेश गर्ने भएकाले यसलाई वैशाख सङ्क्रान्ति वा मेष सङ्क्रान्तिका रूपमा पनि चिनिन्छ।

जानकारहरूका अनुसार सूर्यको गतिअनुसार चल्ने विक्रम संवत् शाश्वत र वैज्ञानिक मानिन्छ। यस दिन मानिसहरूले विगत वर्षका सफलता र असफलताको समीक्षा गर्दै आगामी दिनमा सुधार र उपलब्धिका लागि नयाँ योजना बनाउने र संकल्प गर्ने चलन रहेको छ।