९ कार्तिक २०८३ , आईतवार

गन्यापधुरामा एक करोडको लगानीमा खेलमैदान निर्माण

News
३० बैशाख, डडेल्धुरा ।

गन्यापधुरा गाउँपालिकाले करिव एक करोडको लगानीमा पालिकास्तरीय खेलमैदान निर्माण गरिरहेको छ। गन्यापधुरा–२ स्थित टाउरडाँडामा खेलमैदान निर्माण भइरहेको अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्।

खेलमैदानको अभावमा विभिन्न खेलकुद गतिविधि प्रभावित हुँदै आएको जनाइएको छ। स्थानीय युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले खेलमैदानले सहयोग गर्ने उनले बताए। "जिल्लामा एउटा पनि खेलमैदान नभएको अवस्थामा यो मैदानलाई जिल्लाकै नमूना बनाउने उद्देश्य रहेको छ र क्रिकेट खेल्न योग्य मैदान बन्ने छ," अध्यक्ष कार्कीले भने।