१३ बैशाख २०८२ , शनिबार

कैलालीमा ४ वर्षीय बालकमाथि हँसिया प्रहार, बाजे नाता पर्नेद्वारा आक्रमण

News
५ बैशाख, काठमाण्डौँ ।

कैलालीमा ४ वर्षीय बालकमाथि हँसिया प्रहार भएको छ। घोडाघोडी नगरपालिका-५ देउकलियामा हरि कडेलका ४ वर्षीय छोरा प्रेम कडेलमाथि हँसिया प्रहार भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्र सिंह बोहराका अनुसार प्रेम आँगनमा खेलिरहेको अवस्थामा बाजे नाता पर्ने ४० वर्षीय अर्जुन कँडेलले पराल र भुषा राखेको कोठामा लगेर गर्धनमा हँसिया प्रहार गरेका थिए।

बालकलाई घोडाघोडीमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी लगिएको छ। हँसिया प्रहार गर्ने अर्जुन कँडेललाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनी मानसिक रूपमा अस्वस्थ रहेको बुझिएको छ।