चन्द्रागिरि नगरपालिका–११ सतुङ्गल चोकमा रहेको एक कपडा पसलमा विद्युत सर्ट भएर आगलागी भएको छ।
आज बिहान करिब ५ः३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका साथै स्थानीयहरू पनि खटिएका छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार आगो निभाउन नेपाली सेना विपद् व्यवस्थापन गण, नेपाल आयल निगम, जुद्ध बारूणयन्त्र चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको दमकल प्रयोग गरिएको छ।