१३ बैशाख २०८३ , आईतवार

पौवादुङमामा बेठी लगाएर रोपाइँ, पञ्चैबाजासहित रोपाइँ गर्दा किसान उत्साहित

News
१७ असार, काठमाण्डौँ ।

पौवादुङमामा बेठी लगाएर रोपाइँ गरिएको छ। पौवादुङमा– १ श्यामशीलाका धनबहादुर पाण्डले १९ हल गोरुसहित १८० जना खेतालाले पञ्चैबाजा बजाएर भोज खुवाई ६५ रोपनीमा रोपाइँ गरेका हुन्।

गाउँघरका सबै भेला भएर पञ्चैबाजा बजाएर रोपाइँ गरिएको हो। परम्परा लोप हुन नदिन बेठी गरिएको किसान पाण्डेले बताए। उत्सवका साथ रोपाइँ गरिएको जानकारी दिँदै उनले परम्पराको संरक्षणका लागि साबिक तीन वटा वडाका स्थानीय भेला भएर रोपाइँ गरिएको बताए।

बेठीलाई जमिनको विवाहका रूपमा लिइने स्थानीय इन्द्रबहादुर पाण्डेले बताए। पञ्चैबाजासहित असारे भाकामा गरिएको रोपाइँमा खेतालाबाहेक ज्येष्ठ नागरिक पनि सहभागी भएका थिए।