चितवनको इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको रेबिज लागेर मृत्यु भएको छ।
भरतपुर अस्पतालमा उपचारका क्रममा उनको आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए।
केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो। उपचारमा विलम्ब हुँदा उनको मृत्यु भएको हो। उनी उपचारका लागि हिजो बुधबार अस्पताल भर्ना भएका थिए।