१३ बैशाख २०८२ , शनिबार

विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकद्वारा सडकमै रक्तदान

News
११ बैशाख, काठमाण्डौँ ।

नेपाल शिक्षक महासंघको आह्वानमा विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज आन्दोलनको २३ औं दिन सडकमै रक्तदान गरेका छन्।

महासंघले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा आन्दोलनमा सहभागी शिक्षकहरूले स्वतःस्फूर्त रूपमा रक्तदान गरेका थिए।

महासंघले सडकमै रक्तदान कार्यक्रम आयोजना गर्नुलाई सांकेतिक विरोधको रूपमा लिएको जनाएको छ। देशभरका शिक्षकहरू विद्यालय शिक्षा ऐनको माग गर्दै २३ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्।