नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गत जिल्ला प्रशासन कार्यालय, काठमाडौंले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारीले एक आदेश जारी गरेको छ।
काठमाडौं जिल्लाको चक्रपथ र भित्रका सार्वजनिक ठाउँमा भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता कार्यक्रम गर्दा अत्यावश्यक सेवा, सार्वजनिक यातायात र शान्ति सुरक्षामा असर परेकोले यस्ता कार्यक्रम गर्न निषेध गरिएको छ। जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिसमा २०८२/०२/१९ गतेदेखि लागु हुने गरी बढीमा २ महिनासम्मका लागि यो आदेश जारी गरिएको छ।
यी ठाउँमा प्रदर्शन गर्न पाइने छैन: सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र, बल्खु क्षेत्र। जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर गर्ने कार्यक्रमको हकमा नियम अनुसार हुनेछ।