उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले काठमाडौँका नदी सफा गर्न ठोस कार्यक्रम ल्याउने बताएका छन्।
काठमाडौँको वडा नं १० बुद्धनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गरी नदी सफा गर्ने बताएका हुन्। उनले काठमाडौँ उपत्यका विकास प्राधिकरण, बागमती सभ्यता एकीकृत विकास समितिलगायतसँग छलफल गर्ने र लगानीको लक्ष्य र उद्देश्यअनुरुप प्रतिफल प्राप्त नभएको पक्षलाई विश्लेषण गर्न जरुरी रहेको बताए।
बुद्धनगरवासीले सानो भए पनि सकारात्मक कामलाई निरन्तरता दिएको भन्दै उनले अभियन्ता र सहभागीप्रति आभार प्रकट गरे।