१४ बैशाख २०८२ , आईतवार

पोखरामा ४.९० ग्राम ब्राउनसुगर सहित दुई जना पक्राउ

News
४ बैशाख, काठमाण्डौँ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट लागूऔषध ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरुलाई वैशाख २ गते दिउँसो करिब ३:३० बजे पोखरा महानगरपालिका वडा नं. २६ विजयपुरबाट नियन्त्रणमा लिएको हो।

लागूऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले खानतलासी गर्दा उनीहरु पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सर्लाही घर भई हाल पोखरा-१४ चाउथे बस्ने ४३ वर्षीय विक्की परियार र पर्वत घर भई हाल पोखरा-५ जिरो किलोमिटर बस्ने ३८ वर्षीय ओम बहादुर नेपाली रहेका छन्।

प्रहरीले उनीहरुको साथबाट ४.९० ग्राम खैरो हेरोइन (ब्राउनसुगर) जस्तो देखिने धुलो पदार्थ, विभिन्न कम्पनीका २ थान मोबाइल र नगद १७ हजार ९०० रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धानका लागि सात दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।