१३ बैशाख २०८२ , शनिबार

गुड्दै गरेको बसमा आगलागी, मानवीय क्षति टर्‍यो

News
११ बैशाख, काठमाण्डौँ ।

काठमाडौंको ढुंगेअड्डास्थित सडकमा आज गुडिरहेको एक बसमा आगलागी भएको छ। चन्द्रागिरी नगरपालिका-१५ को पिपलबोट क्षेत्रमा कलंकीबाट थानकोटतर्फ जाँदै गरेको पाँचपोखरी यातायातको बा ९७८६ नम्बरको बसमा अचानक आगलागी भएको हो।

काठमाडौं प्रहरीका अनुसार, बसमा आगलागी भएपछि पूर्ण रूपमा क्षति पुगेको छ, तर यात्रुहरू भने सकुशल रहेका छन्। बसको इन्जिनमा एक्कासि आगो देखिएपछि यात्रुहरू हतार गर्दै बाहिर निस्केका थिए।

प्रहरी, स्थानीय बासिन्दा र चन्द्रगिरी नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। समयमै सावधानी अपनाइएकाले कुनै मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ।