महिला लघुवित्त वित्तीय संस्थाले डिल्लीबजार शाखामा एक दिने केन्द्र प्रमुख कार्याशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले सदस्यहरूलाई वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ ।
कार्यक्रममा संस्थाका बागमती प्रदेश प्रमुख सुनिल अर्यालले लघुवित्तका सदस्यहरूले कर्जा लगानी तथा भाखा नाघेका कर्जाले पार्ने दीर्घकालीन असरबारे जानकारी गराएका थिए।
संस्थाका प्रमुख कार्यकारी अधिकृतले संस्था स्थापनाकालदेखि नै महिला अधिकार र विकासका लागि महिला सशक्तिकरण तथा महिला हितका लागि काम गर्दै आएको बताए।
कार्यक्रममा सहभागी एक सदस्यले लघुवित्तबाट आफूलाई धेरै फाइदा पुगेको र संस्थाको सदस्य बनेर आत्मनिर्भर बन्न पाएकोमा खुशी व्यक्त गरिन्।
कार्यक्रममा ओमकार डेन्टल चावहिलको सहकार्यमा सदस्यहरूको निःशुल्क दन्त परीक्षण गरिएको थियो। कान्तिपुर सिटी कलेजले सदस्यका छोराछोरीलाई न्यूनतम शुल्कमा इन्जिनियरिङ, आईटी लगायत विषयमा अध्ययन गर्न सहजीकरण गर्ने जनाएको छ।
काभ्रेपलाञ्चोकको साँगामा केन्द्रीय कार्यालय रहेको संस्थाको ३८ जिल्लामा शाखा विस्तार भएको छ। संस्थाका ७७ वटा शाखा कार्यालयमा ८४ हजारभन्दा बढी सदस्य रहेका छन्।