१३ बैशाख २०८२ , शनिबार

आफ्नै श्रीमती हत्या गरी फरार व्यक्ति पक्राउ

News
१० बैशाख, काठमाण्डौँ ।

काठमाडौं प्रहरीले रामेछापका पदम बहादुर तामाङलाई श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरेको छ।

प्रहरीका अनुसार तामाङले २०८२ वैशाख ७ गते काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँस्थित डेरामा धारिलो हतियार प्रयोग गरी श्रीमती ४५ वर्षीया पुतली माया तामाङको हत्या गरेका थिए। साथै, उनले छोरा रिदम घिसिङ र छोरी संजिता घिसिङलाई घाइते बनाएर फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय, नुवाकोटसँग समन्वय गरी तामाङलाई नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. १ तलाखुबाट नियन्त्रणमा लिइएको हो। काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति प्राप्त भइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले तामाङबाट हत्यामा प्रयोग भएको धारिलो हतियार पनि बरामद गरेको छ।