काठमाडौं प्रहरीले मोबाइल लुटपाटमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीका नवराज सुनुवार, धनुषाका राज निष्ट यादव र रौतहटका सुरेश ठाकुर हजाम रहेका छन्।
प्रहरीका अनुसार वैशाख ५ गते बसुन्धारामा ट्याक्सी रोकेर ठमेल जान्छु भन्दै प्रेम तामाङको मोबाइल लुटेर भागे पछि उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट बा.प्र. ०२-०४६ प ४८५२ नम्बरको मोटरसाइकल र विभिन्न कम्पनीका तीनवटा मोबाइल बरामद गरिएको छ।
अनुसन्धानका क्रममा उनीहरूले यसअघि पनि विभिन्न मितिमा ट्याक्सी चालक कुल बहादुर राउत, राज कुमार तामाङ, राजेश बहादुर बि.सि. र पैदलयात्री दुर्गा शाक्यको मोबाइल लुटेको खुलेको छ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।