कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार विकास, जनताको जीवनस्तर उकास्नेलगायत काममा सरकारी, निजी क्षेत्रसहित सरोकार भएका सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका छन्। निर्माणको काम सरकारी कार्यालय र निर्माण व्यवसायीको मात्र नभएको बताउँदै उनले स्थानीयवासी र सरोकारवाला निकायको सकरात्मक सोच, निगरानी तथा भरोसाले पनि विकास निर्माणका काममा सहयोग पुग्ने बताए।
आज वीरेन्द्रनगर–२ पलाटेमा मूलपानी–रानीघाट खण्डअन्तर्गत सात किलोमिटर सडकको स्तरोन्नति कार्यको शुभारम्भ गर्दै मुख्यमन्त्री कँडेलले पूर्वाधार विकासका काममा सबैको सहकार्य र समन्वयमा उपलब्धिमूलक काम गर्न सकिने धारणा राखे।
उनले यस सडकले पूर्णता पाएको खण्डमा बर्दिया र सुदूरपश्चिम प्रदेश जान बाँकेको कोहलपुर धाउनुपर्ने बाध्यता अन्त्य हुने बताए। कर्णालीका पाँच जिल्लाले परापूर्वकालदेखि हिँड्ने बाटो रहेकाले यसको थप महत्त्व बढेको उनले बताए। सडक निर्माणसँगै चितवनको देवघाटजस्तै रानीघाटलाई प्रवर्द्धन गर्न प्रदेश सरकारको सहयोग रहने उनले प्रतिबद्धता जनाए।
यो सडक कर्णालीको पर्यटन क्षेत्रका लागि मूल ढोका रहेको बताउँदै मुख्यमन्त्री कँडेलले निर्माण व्यवसायीलाई गुणस्तरीय र प्रभावकारी काम गर्न आग्रह गरे। काम गर्ने क्रममा कुनै समस्या आएमा प्रदेश सरकारले सहजीकरण गर्ने उनले बताए।
Title:
Karnali CM Yam Lal Kandel Emphasizes Collaboration for Infrastructure Development and Improving Livelihoods
Slug:
karnali-cm-yam-lal-kandel-calls-collaboration-infrastructure-development
Subtitle:
Karnali Province Chief Minister Yam Lal Kandel urges government, private sector, and stakeholders to work together for infrastructure development and raising living standards.
Description:
Chief Minister Yam Lal Kandel of Karnali Province has stressed the importance of collective effort from government bodies, private sectors, and all concerned stakeholders to promote infrastructure development and improve the livelihoods of the people. His call highlights the need for coordinated collaboration to ensure sustainable progress in the province.
Keywords:
Karnali Province development, Yam Lal Kandel statement, infrastructure Karnali, Nepal provincial news, livelihood improvement Nepal, government and private sector Nepal