१३ बैशाख २०८२ , शनिबार

कालीकोटमा प्रधानाध्यापक मृत फेला

News
६ बैशाख, काठमाण्डौँ ।

कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँमा एक प्रधानाध्यापक मृत भेटिएका छन्। स्थानीय शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय कृष्णबहादुर शाही मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

शुक्रबार बेलुका नजिकैको बेलुपाटा बजारमा गएका शाही शनिबार बिहानसम्म पनि घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो। स्थानीय र प्रहरीले खोजी गर्दा बेलुपाटा बजार नजिकै उनको शव भेटिएको हो।

घटनाका विषयमा जानकारी लिन जिल्ला प्रहरी कार्यालयको टोली त्यसतर्फ गइरहेको र घटनाको अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए।