३१ जेष्ठ २०८२ , शनिबार

झिझरी खोलाको बाढीबाट बस्ती जोगाउन तटबन्ध निर्माण

News
३० जेष्ठ, काठमाण्डौँ ।

राप्ती सोनारी गाउँपालिका–९ भएर बग्ने झिझरी खोलाको बाढीबाट बस्ती जोगाउन तटबन्ध निर्माण गरिएको छ। झिझरी खोलाको बाढीले गर्ने कटान र डुबान रोक्न लुम्बिनी प्रदेश सरकारको बजेटमा तटबन्ध निर्माण गरिएको हो।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख आशिष विकका अनुसार झिझरी खोला झोलुङ्गे पुल नजिकै लुम्बिनी प्रदेश सरकारको रु ३५ लाख ६२ हजार बजेटमा तटबन्ध निर्माण गरिएको हो। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले यसको निर्माण गरेको हो।

तटबन्ध निर्माणपछि झिझरी खोलाको कटान र डुबानबाट बस्ती जोगिने राप्ती सोनारी गाउँपालिका–९ तल्लो महादेवा निवासी हेम चापागाईले बताए। तटबन्ध बनेपछि स्थानीयवासी खुशी भएका छन्।

यसैबीच, झिझरी खोलामा पक्की पुल नहुँदा वर्षायाममा साना सवारी आवागमन ठप्प हुने भएकाले महादेवा गाउँका बासिन्दालाई कठिन हुने गरेको छ। स्थानीयवासीले झिझरी खोलामा पक्की पुलको आवश्यकता औंल्याएका छन्।