झापाको हल्दीबारीमा हुरीका कारण घर भत्किँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको हुरीले घर भत्किँदा मृत्यु भएको हो।
गए राति भएको हुरीले टिनको छाना भएको घरको बिमले थिचेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।