१४ बैशाख २०८२ , आईतवार

प्रहरी जवानको परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिने ६ जना पक्राउ

News
७ बैशाख, काठमाण्डौँ ।

काठमाडौं जिल्ला प्रहरी परिसरले प्रहरी जवान पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिने ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा दोलखाका मोहन सुनुवार, कालिकोटका गोपाल शाही, सुर्खेतका मनोज शर्मा र उमेश शर्मा, दैलेखका आकाश खड्का र जुम्लाका मिन रावल रहेका छन्।

उनीहरूलाई काठमाडौं महानगरपालिका वडा नं १० स्थित रत्नराज्य मा.वि. नयाँबानेश्वरबाट पक्राउ गरिएको हो। प्रहरीले उनीहरूको साथबाट अर्काको फोटो टाँस गरेको सक्कल प्रवेश पत्र र नागरिकताको प्रतिलिपी बरामद गरेको छ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।