रुकुम पूर्व जिल्लाको रनमामाईकोट आसपासलाई केन्द्र बनाएर बिहीबार साँझ ७ः३४ बजे ४.२ रेक्टर स्केलको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्पको मापन ४.२ रेक्टर स्केल गरिएको हो। केन्द्रले जनाए अनुसार भूकम्पको केन्द्रविन्दु रुकुम पूर्वको पहाडी भेगमा रहेको छ।
भूकम्पको धक्काले स्थानीय बासिन्दा त्रसित भएका छन्। साँझको समयमा भूकम्पको अनुभव भएपछि मानिसहरु घर बाहिर निस्केका थिए।
यद्यपि, अहिलेसम्म भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको कुनै विवरण प्राप्त भएको छैन। स्थानीय प्रशासनले क्षतिको विवरण संकलन गर्ने काम सुरु गरेको छ।
यसअघि पनि देशका विभिन्न भागमा साना भूकम्पहरू गइरहेकाले भूकम्पको जोखिम कायमै रहेको विज्ञहरुले बताएका छन्। भूकम्पविद्हरूले रुकुम पूर्व आसपासका क्षेत्रमा पनि भूकम्पको जोखिम उच्च रहेको भन्दै सतर्क रहन आग्रह गरेका छन्। कमजोर संरचना भएका घरहरूमा क्षति पुग्न सक्ने भएकाले सचेत रहन आवश्यक छ।