१८ जेष्ठ २०८२ , आईतवार

बाजुराकी धना वादीले ५५ वर्षको उमेरमा नागरिकता पाइन्

News
१ जेष्ठ, काठमाण्डौँ ।

बाजुरा जिल्लाको गौमूल गाउँपालिकाकी धना वादीले ५५ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन्। गौमूल गाउँपालिका–४ मानाकोटकी वादीलाई प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले आज नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन्।

सनाखत गर्ने कोही नहुँदा उनले यसअघि नागरिकता प्राप्त गर्न सकेकी थिइनन्। डोटीको सिलगढी माइती भएकी र विवाह गरेर बाजुरा आएकी वादी श्रीमान् र आफन्त कोही नभएपछि नागरिकता पाउनबाट वञ्चित भएकी थिइन्।

प्रमुख जिल्ला अधिकारी पाध्याले कानुनी प्रक्रिया पूरा गरेर नागरिकता दिलाएपछि वादीले खुसी व्यक्त गरिन्। नागरिकता पाउनबाट वञ्चित जिल्लाका नागरिकलाई सहज र कानुनी प्रक्रिया पूरा गरेर नागरिकता उपलब्ध गराएको पाध्याले बताए। नागरिकता नहुँदा उनी राज्यबाट पाउने सामाजिक सुरक्षासहित अन्य सुविधाबाट वञ्चित थिइन्।