१३ बैशाख २०८२ , शनिबार

कैलालीमा पाटेबाघ मृत फेला, भाले बाघको आक्रमणबाट मृत्यु भएको आशंका

News
६ बैशाख, काठमाण्डौँ ।

कैलालीको टीकापुर नगरपालिका-२ स्थित जनशक्ति सामुदायिक वनमा आज एउटा पाटेबाघ मृत फेला परेको छ। सब डिभिजन वन कार्यालय टीकापुरका प्रमुख दिलिप यादवका अनुसार वयस्क पोथी पाटेबाघ मृत अवस्थामा भेटिएको हो।

बाघको अगाडिको भागमा चोट लागेको देखिएको छ। स्थानीयले गन्ध आएपछि खबर गरेका थिए। बाघ केही दिनअघि नै मरेको हुनसक्ने र भाले बाघको आक्रमणबाट घटना भएको हुनसक्ने अनुमान गरिएको कार्यालय प्रमुख यादवले बताए।

घटनाको थप अनुसन्धानका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट डा. आयुश महर्जनसहितको प्राविधिक टोली घटनास्थल पुगेको थियो। स्थानीय जनप्रतिनिधि तथा वन कर्मचारीको रोहबरमा मृत बाघलाई जमिनमा गाडिएको छ। डिभिजन वन कार्यालयले थप अनुसन्धानका लागि विभिन्न अंगहरु निकालेर पोस्टमार्टमका लागि पठाएको जनाएको छ।