१३ बैशाख २०८३ , आईतवार

चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु, १८ घाइते

News
७ असार, काठमाण्डौँ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा आज भएको सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन (माइक्रो) एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

घाइतेहरुको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।