२१ मंसिर २०८२ , आईतवार

बुढीगङ्गा नदीले बगाउँदा एकको मृत्यु

News
३० असार, काठमाण्डौँ ।

बुढीगङ्गा नगरपालिकामा बुढीगङ्गा नदीले बगाउँदा आज एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बुढीगङ्गा–२ ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढथापा रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार बुढीगङ्गा–३ र ६ मा पर्ने बुढीगङ्गा नदीको किनारमा दाउरा निकाल्ने क्रममा नदीले बगाएर उनको मृत्यु भएको हो।

दाउरा ल्याउन गएका बुढथापा घर नफर्किएपछि खोजी गर्दा करिब एक किलोमिटर तल नदीको किनारमा शव भेटिएको प्रहरी नायब उपरीक्षक हवारीले बताए। उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ।