१५ बैशाख २०८२ , सोमबार

सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना, १२ जना घाइते

News
१५ बैशाख, काठमाण्डौँ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-८, मानेश्वारास्थित गोल्माथाङमा आज बिहान बोलेरो दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका अनुसार बा१९च ८३०४ नम्बरको बोलेरो सडकको मोडमा ठोक्किएर दुर्घटना भएको हो। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

घाइतेहरूको बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको जानकारी दिए। प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ। घाइतेमध्ये अधिकांशको टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।