बर्दियाको गुलरिया नगरपालिका–५ भादा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले आज बिहान फेला पारेको छ।
गुलरिया नगरपालिका–५ सयलवा रामबाघका १९ वर्षीय सृजन पोख्रेल नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नं. ३१ गण बर्दियाबाट गोताखोरसहितको सुरक्षा टोली घटनास्थलमा पुगेर खोजी कार्य सुरु गरेको थियो। आज बिहान गोताखोर टोलीले पोख्रेलको शव नदीबाट निकालेको हो।