१३ बैशाख २०८२ , शनिबार

पहिरोले भोटखोला सडक अवरुद्ध, सडक खुलाउन प्रयास जारी

News
१० बैशाख, काठमाण्डौँ ।

कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ ।

आज बिहान मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रामकुमार लामिछानेले जानकारी दिए । मङ्गलबार रातभर वर्षा भएपछि एकुवा खोलामा आएको बाढीले कटान गर्दा पहिरो खसेको हो । उनका अनुसार पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ ।